बुटवल पावरको लाभांश घोषणा, बुकक्लोज कहिले ?

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको पुस ७ गते बसेको बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले उक्त लाभांश पारित गर्न कम्पनीले पुस ३० गते वार्षिक साधरण सभा बोलाएको छ । सो सभा कार्की ब्याङ्क्वेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले साधरण सभा प्रयोजनका लागि पुस १८ गतेदेखि २७ गतेसम्म बुकक्लोज मिति तोकेको छ । सो अनुसार पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

गुणस्तरीय विकासका लागि इञ्जिनीयरको दरबन्दी बढाउनुपर्ने Read Previous

गुणस्तरीय विकासका लागि इञ्जिनीयरको दरबन्दी बढाउनुपर्ने

पाँच महिनामा ६ खर्ब व्यापार घाटा, आयात–निर्यात घट्यो Read Next

पाँच महिनामा ६ खर्ब व्यापार घाटा, आयात–निर्यात घट्यो