काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको लाभांश परिमार्जन भएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीको लाभांशदर परिमार्जन भएको हो ।
परिमार्जित लाभांश अनुसार अब कम्पनीले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश दिने भएको छ ।
यसअघि कात्तिक २९ गते बसेको कम्पनी संचालक समितिको बैठकले आव २०७८/७९ को मुनाफाबाट ९.४७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो ।