टाटाका विद्युतीय गाडी किन्न प्रभु बैंकले सर्वसुलभ ब्याजमा ऋण दिने

काठमाडौं । प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालि बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदीका तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतिले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौता अनुसार सिप्रदी ट्रेडिङ प्रालिबाट ग्राहकले टाटा मोटर्स  अन्तर्गतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

हाल बैंकको देशभर रहेको २१७ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

सिद्धार्थ इन्स्योरेन्सको लाभांश परिमार्जन, नगद घट्यो Read Previous

सिद्धार्थ इन्स्योरेन्सको लाभांश परिमार्जन, नगद घट्यो

फास्ट ट्रयाकको काम चाँडो सक्न अनुगमन र समन्वय समिति Read Next

फास्ट ट्रयाकको काम चाँडो सक्न अनुगमन र समन्वय समिति