एनसीसी र कुमारी बैंकलाई मर्जरको अन्तिम स्वीकृति, पुस १७ देखि एकीकृत कारोबार

काठमाडौं । एनसीसी बैंक र कुमारी बैंकले मर्जरका लागि अन्तिम स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई एकआपसमा मर्ज हुन अन्तिम स्वीकृति दिएको हो ।

राष्ट्र बैंकको स्वीकृति पाएसँगै दुई बैंकले यही पुस १७ गतेदेखि कुमारी बैंकको नाममा एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै बैंकको साधारणसभाले मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् ।

दुई बैंक १:१ सेयर अनुपातमा मर्ज भएका हुन् । मर्जरपछि बन्ने नयाँ बैंकको चुक्ता पूँजी २६ अर्ब हुनेछ भने जगेडा कोषसहित कुल कुल पूँजी ३७ अर्बको हुनेछ ।

कालिका पावरको लाभांश घोषणा, बुकक्लोज कहिले ? Read Previous

कालिका पावरको लाभांश घोषणा, बुकक्लोज कहिले ?

त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित, केही विमान डाइभर्ट Read Next

त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित, केही विमान डाइभर्ट