त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित, केही विमान डाइभर्ट

काठमाडौं । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हुस्सु÷कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए । ‘खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ,’ उनले भने ।

मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए ।

एनसीसी र कुमारी बैंकलाई मर्जरको अन्तिम स्वीकृति, पुस १७ देखि एकीकृत कारोबार Read Previous

एनसीसी र कुमारी बैंकलाई मर्जरको अन्तिम स्वीकृति, पुस १७ देखि एकीकृत कारोबार

रात्रिबस अब नयाँबसपार्कमा मात्र पार्किङ गर्नुपर्ने, अन्य स्थानमा गरे कारबाही Read Next

रात्रिबस अब नयाँबसपार्कमा मात्र पार्किङ गर्नुपर्ने, अन्य स्थानमा गरे कारबाही