सलाम एयरले गर्‍यो १० ट्राभल्स एजेन्टलाई सम्मान

काठमाडौं । सलाम एयरलाइन्सले नेपालस्थित आफ्ना टिकट विक्री गर्ने ट्राभल्स एजेन्सीहरूलाई सम्मान गरेको छ । सन २०२२ भित्र टिकट विक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरूलाई सम्मान गरेको हो ।

हालै काठमाडौंस्थित एलफ्ट होटलमा आयोजित एक विशेष कार्यक्रमका बीच सलाम एयरलाइन्सले नेपालमा क्रियाशिल ट्राभल्स एजेन्सीहरूलाई विभिन्न विधामा सम्मानित गरेको छ ।

एयरलाइन्सले टप रेभिन्यु पर्फर्मेन्स अवार्डबाट बेस्ट वे ट्राभल्स एन्ड टुर्स प्रालि, एक्सल ट्राभल्स एन्ड टुर्स प्रालि, हार्वेस्ट मून ट्राभल्स एन्ड टुर्स प्रालि, वोपन अवे ट्राभल्स एन्ड टुर्स प्रालि, प्रयास ट्राभल्स एन्ड टुर्स प्रालि, रस्बिता ट्राभल्स एन्ड टुर्स प्रालि र सी लिन्क ट्राभल्स एन्ड टुर्स प्रालिलाई सम्मान गरेको छ ।

त्यस्तै, मस्ट इम्प्रुभ्ड रेभिन्यु कन्ट्रीब्यूटर अवार्डबाट मस्र्याङ्दी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएको छ । त्यसैगरी, हाइऐस्ट एन्सिलरी रेभिन्यु कन्ट्रीब्यूटर अवार्ड जिओलोजी ट्राभल्स एन्ड टुर्स प्रालि, राइजिङ्ग स्टार अन्तर्गत मार्वलस ट्राभल्स एन्ड टुर्स प्रालिलाई सम्मान गरेको छ ।

सन् २०१८ देखि नियमित उडान गरिरहेको सलामले हाल विभिन्न ३५ वटा गन्तव्यमा नियमित तथा केही अन्य गन्तव्यहरूमा सिजनल सेवा पुर्याउँदै आएको छ । नेपालमा छिट्टै दैनिक उडान भर्ने जनाएको छ ।

सोही अवसरमा सलाम एयरलाइन्सले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत काठमाडौंमा सन्चालित मानसिक सन्तुलन गुमाएका सडक बालबालिका तथा नागरिकहरूको लागि काम गरिरहेको संस्था नेपाल स्नेही काख नेपाललाई खाध्य सामाग्री तथा लत्ता कपडा बितरण पनि गरिएको थियो ।

सलाम एयर लाईन्सको नेपालस्थित जीएसए आइएमई इन्टरनेशनल ट्राभल्स प्रा लिले आयोजना गरेको उक्त कार्यक्रम आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा सलाम एयरका प्रतिनिधिहरूले बिजेता ट्राभल्सहरूलाई बधाई दिँदै आगामी दिनमा थप सहयोगको अपेक्षा रहेको बताए । आइएमई इन्टरनेशनल ट्राभल्स आइएमई गु्रपद्वारा संचालित गु्रपको एक भगिनी संस्था हो ।

धोबीखोला मिचेर बनाइएको संरचनामा महानगरले चलायो डोजर (फोटोफिचर) Read Previous

धोबीखोला मिचेर बनाइएको संरचनामा महानगरले चलायो डोजर (फोटोफिचर)

चक्रपथमा ७५ बिजुली बस चलाउन विदेशीसहित १३ कम्पनी इच्छुक Read Next

चक्रपथमा ७५ बिजुली बस चलाउन विदेशीसहित १३ कम्पनी इच्छुक