काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीखोला अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाएको छ ।
महानगरले बुधबार दिउँसो वडा नं. १० देवीनगर क्षेत्रमा धोबीखोला अतिक्रमण गरी बनाएका संरचना भत्काएको हो ।
महानगरले सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउने क्रममा आज देवीनगर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचना हटाएको हो ।
महानगरले गत भदौदेखि आफ्नो क्षेत्रभित्र मापदयड विपरीत बनाइएका अनाधिकृत संरचना हटाउने/भत्काउने अभियान चलाउँदै आएको छ ।सोहीक्रममा यसअघि महानगरले नयाँ बानेश्वर, न्यूरोड, सुन्धारा, नयाँ बसपार्क लगायत क्षेत्रमा अनाधिकृत संरचना हटाएको थियो ।

