क्लासिक टेक पब्लिक कम्पनी बन्दै, आइपीओ जारी गर्ने

काठमाडाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालि अब पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण हुने भएको छ ।

कम्पनीका अनुसार पब्लिक लिमिटेड कम्पनीमा जानका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।

कम्पनी पब्लिकमा रुपान्तरण भएपछि क्लासिकले सर्वसाधारणहरुका लागि सेयर (आइपीओ) जारी गर्नेछ।

क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी हो । हालसम्म ७४ जिल्लाका १०६ आउटलेट तथा शाखाबाट इन्टरनेट तथा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ।

कम्पनीले अन्य विभिन्न स्थानहरूमा आफ्नो सेवा विस्तार गर्ने र उचित मूल्यमा उच्च गतिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। यससँगै कम्पनीले नेपालभर रहेका शाखा कार्यालयमा २ हजारभन्दा बढी व्यक्तिलाई प्रतक्ष्य तथा अप्रतक्ष्य रोजगारी प्रदान गर्दै आएको छ ।

वितरणयोग्य नाफा २.२४ अर्ब भए पनि एनआइसी एशियाले लाभांश नदिनुको यस्तो छ कारण Read Previous

वितरणयोग्य नाफा २.२४ अर्ब भए पनि एनआइसी एशियाले लाभांश नदिनुको यस्तो छ कारण

धोबीखोला मिचेर बनाइएको संरचनामा महानगरले चलायो डोजर (फोटोफिचर) Read Next

धोबीखोला मिचेर बनाइएको संरचनामा महानगरले चलायो डोजर (फोटोफिचर)