सूर्या र ज्योति लाइफ इन्स्योरेन्सले पुस ७ देखि एकीकृत कारोबार गर्ने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले यसै सातादेखि एकीकृत कारोबारसुरु गर्ने भएका छन् । मर्जर पक्रियामा रहेका दुवै कम्पनीले पुस ७ गतेदेखि एकीकृत कारोबार सुरू गर्ने भएका हुन् ।

दुई कम्पनी बीच मर्जर सम्पन्न भई सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरू गर्ने भएका हुन् । दुवै कम्पनीको गत कात्तिक २८ गते बसेको साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो।

त्यस्तै, नेपाल बीमा प्राधिकरणले गत मंसिर २ गते र नेपाल धितोपत्र बोर्डले मंसिर २५ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृति दिएका थिए।

एकीकृत कारोबारका लागि डाटा माइग्रेसन तथा सिस्टम इन्ट्रिग्रेसन गर्न पुस ६ गते बिहान ८ गतेदेखि दुवै कम्पनीको सम्पूर्ण सेवा समेत अवरुद्ध हुने जनाइएको छ ।

बिजुली व्यापारमा रेकर्ड, ११ अर्बको निर्यात Read Previous

बिजुली व्यापारमा रेकर्ड, ११ अर्बको निर्यात

नेप्सेमा दोहोरो अंकको वृद्धि, ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा दोहोरो अंकको वृद्धि, ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट