नेप्सेमा दोहोरो अंकको वृद्धि, ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । लगातार ५० अंकको गिरावटपछि सोमबारदेखि सुधार आएको नेप्से आज दोहोरो अंकले बढेको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि झिनो सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५ करोडले बढेर ९३ करोड पुगेको छ ।

मंगलबार नेप्से १४.२२ अंकले बढेर १८७३.११ विन्दुमा पुगेको छ । यसदिन २५७ कम्पनीको ९३ करोड ८ लाख रुपैयाँ बढीको ३२ लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । होटल उपसमूह सबैभन्दा धेरै २.४० प्रतिशतले बढेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सिभिल बैंक ४ करोड र हिमालयन डिस्ट्रीलरी पौने ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आँधिखोला र श्रृजनशील लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने धौलागिरी लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, सीवाइसी नेपाल लघुवित्त ७.६२, कन्दाकिनी हाइड्रोपावर, नारायणी विकास बैंक र खप्तड लघुवित्तका सेयरधनीले ४ प्रतिशत कमाएका छन् ।

सूर्या र ज्योति लाइफ इन्स्योरेन्सले पुस ७ देखि एकीकृत कारोबार गर्ने Read Previous

सूर्या र ज्योति लाइफ इन्स्योरेन्सले पुस ७ देखि एकीकृत कारोबार गर्ने

प्राधिकरणले त्रिपुरेश्वरदेखि बूढानिलकण्ठसम्मको अव्यवस्थित तार हटाउने Read Next

प्राधिकरणले त्रिपुरेश्वरदेखि बूढानिलकण्ठसम्मको अव्यवस्थित तार हटाउने