हिमालयन र सिभिल बैंकको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । एक आपसमा मर्जर प्रक्रियामा दुई वाणिज्य बैंकले लभांश घोषणा गरेका छन् । मंगलबार हिमालयन र सिभिल बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

हिमालयन बैंक संचालक समितिको पुस ५ गते बसेको बैठकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

त्यसैगरी, सिभिल बैंक संचालक समितिको पुस ५ गते बसेको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिश लाभांश दिने घोषणा गरेको हो ।

दुवै बैंकको प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

सरसफाइबाट व्यवसायिक छलाङ मार्न सफल कृष्णप्रसाद Read Previous

सरसफाइबाट व्यवसायिक छलाङ मार्न सफल कृष्णप्रसाद

पोखरा फाइनान्सको लाभांश घोषणा Read Next

पोखरा फाइनान्सको लाभांश घोषणा