काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
लघुवित्त संचालक समितिको पुस ४ गते बसेको बैठकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
फरवार्डले घोषणा गरेको यो लाभांश इतिहासकै कम हो । कम्पनीले यसअघि आर्थिक वर्ष २०७६/७७ मा सबैभ्न्दा कम ३१.५८ प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।