काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा डाकेको छ । कम्पनीले पुस २९ गते सामना होटल, हेटौंडामा साधरण सभा बोलाएको हो ।
कम्पनी संचालक समितिको मंसिर २८ गते बसेको बैठकले सेयरधनीलाई १०.५३ प्रतिशतका दरले हुन आउने ४६ करोड ३३ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् । कम्पनीले साधरण सभा प्रयोजनका लागि पुस २० गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।