सिभिल बैंकको नयाँ शाखा काँडाघारीमा

काठमाडौं । सिभिल बैंकले काठमाडौंको काँडाघारीमा नयाँ शाखा संचालनमा ल्याएको छ।

 

सो शाखाको उद्घाटन सिभिल बैंकको संचालक प्रतापजङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले संयुक्तरुपमा गरेका छन्।

 

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेयर थापाले काँडाघारी क्षेत्रको बढ्दो आर्थिक गतिवीधिलाई सिभिल बैंकको उक्त शाखाले थप उर्जा प्रदान गर्ने बताए।

 

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले स्थानीय अर्थतन्त्रको विकासका लागी उत्पादनमूलक क्षेत्रको लगानीमा जोड दिइने बताए।

 

हालसम्म सिभिल बैंकको शाखाको संख्या १०० र एटिएम संख्या ६५ पुगेको छ ।

हिमालय एयरलाइन्सले कात्तिक १० गतेदेखि बेइजिङ उडान गर्ने Read Previous

हिमालय एयरलाइन्सले कात्तिक १० गतेदेखि बेइजिङ उडान गर्ने

रेष्टुरेन्ट जस्ता साना व्यवसायमा वैदेशिक लगानी किन ? के भन्छ ऐन Read Next

रेष्टुरेन्ट जस्ता साना व्यवसायमा वैदेशिक लगानी किन ? के भन्छ ऐन