रेष्टुरेन्ट जस्ता साना व्यवसायमा वैदेशिक लगानी किन ? के भन्छ ऐन

तस्विरः दि हिमालयन टाइम्सबाट

काठमाडौं । नेपालमा होटल तथा रेष्टुरेन्टको क्षेत्रमा स–साना वैदेशिक लगानी बढ्न थालेको छ । उत्तर कोरिया र चीन जस्ता देशहरुले पछिल्लो समयमा यो क्षेत्रमा आफ्नो लगानी बढाएका हुन् ।

 

यस्ता स–साना क्षेत्रमा लगानी बढ्दै गरेको तथ्यले केही शंका उत्पन्न हुनुका साथै नेपालको वैदेशिक लगानी सम्बन्धी ऐनको प्रभावकारीतामा पनि प्रश्न उठ्न थालेको जानकारहरु बताउँछन् । नेपालीहरुले आफ्नै लगानी र सीपले गर्न सक्ने क्षेत्रमा पनि विदेशी लगानी भित्राउनु उपयुक्त नभएको उनीहरुको तर्क छ ।

 

नेपालमा यसरी एउटै क्षेत्रमा सानो लगानी आउनुको कारणहरु के हुन सक्छन् भन्ने कौतुहल्ता धेरैमा जाग्न थालेको छ । कतिपय अर्थशास्त्रीहरु यस्ता साना लगानीले देशले अपेक्षाकृत फाइदा लिन नसक्ने वताउँछन् ।

 

बरु, वैदेशिक लगानीकर्ताको हैसियतमा प्राप्त गरेको भिसा सुविधा लिन र अन्य अदृश्य व्यवसाय सञ्चालन गर्ने प्रवृति देखापर्दै गएको कतिपय जनाकारहरु नै बताउँछन् ।

 

नेपालमा वैदेशिक लगानी उद्योग विभाग र लगानी बोर्डको माध्यमबाट सहजता पूर्वक भित्राउन सकिन्छ । ६ अर्ब भन्दा माथिको लगानी लगानी बोर्डले प्रर्बद्धन गर्छ भने त्यो भन्दा तलको लगानी उद्योग बिभाग मार्फत गर्न सकिन्छ ।

 

चालु आर्थिक वर्षको अढाई महिनामा अन्तर्राष्ट्रिय लगानीमा ५ वटा रेष्टुरेन्ट दर्ता भएका छन् । दर्ता भएका ५ वटै रेष्टुरेन्ट वैदेशिक लगानीमा बन्न लागेका हुन् ।

 

हाई पोटाटो, हु नान स्टीम्ड फूड म्यूजियम, यीबाओ सिन हस्पिटालिटी, अबु रेष्टुरेन्ट, चेन सिङ्ग रेष्टुरेन्ट र फलो वनस इक्लिनेशन्स रेष्टुरेन्ट दर्ता भएका हुन् ।

 

यी रेष्टुरेन्टहरु मध्य एउटा ललितपुरमा निर्माण गरिन लागेको हो भने अन्य सबै काठमाडौंमा बन्न लागेका हुन् । ६५ करोड लगानीमा यी रेष्टुरेन्ट निर्माण हुन लागेका हुन् । यी सबै रेष्टुरेन्ट अन्तर्राष्ट्रिय लगानीमा बन्न लागेका हुन् ।

 

यसैगरी, चालु आर्थिक बर्षमा दर्ता भएका २० वटा होटल मध्ये १७ वटा वैदेशिक लगानीमा निर्माण हुन लागेको उद्योग विभागले जानकारी दिएको छ । यी कुनै पनि तारे होटल भने होइनन् ।

 

नेपालले हाल लगानी फिर्ता लैजान दोस्रो पटक पत्राचार गरेको देश उत्तर कोरियाले पनि नेपालमा होटल तथा रेष्टुरेन्ट मै लगानी गरेको छ । उसले नेपालमा ६ वटा होटल तथा रेष्टुरेन्टमा लगानी गरेको छ ।

 

नेपालमा वैदेशिक लगानी ठूलो रकमकको रुपमा भन्दा पनि साना क्षेत्रमा र कम लगानीका साथ बढि आउन थालेको देखिन्छ । चिनियाँ कम्पनीहरुले असोजको दोस्रो हप्तासम्म पर्यटन क्षेत्रमा ५ अर्बको लगानी प्रतिबद्धता जनाएको छ । ती मध्ये ३ अर्ब ९९ करोड ८ लाख रुपैयाँ होटल तथा रेष्टुरेन्टको क्षेत्रमा छ ।

 

के छ ऐनमा

 

वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले नेपालमा विदेशी लगानी भित्राउन सहुलियत प्रदान गरेको छ । विशेषत विदेशी लगानी ९ वटा क्षेत्रमा बाहेक सवैमा आउनसक्ने नयाँ ऐनले व्यवस्था गरेको छ ।

उद्योग विभागका सूचना अधिकारी विनोद खड्काका अनुसार वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले ५ करोड रुपैंयाँ भन्दा कम वैदेशिक लगानी स्वीकृत गर्न दिंदैन ।

 

यही ऐनको प्राबधानलाई मध्यनजर गर्दै माथि उल्लेखित ९ वटा क्षेत्रले छुटाएको स–साना होटल तथा रेष्टुरेन्टको क्षेत्रमा बिदेशी लगानी बढेको देखिन्छ ।

 

नेपालमा वैदेशिक लगानी उद्योग विभाग र लगानी बोर्डको माध्यमबाट सहजता पूर्वक भित्राउन सकिन्छ । ६ अर्ब भन्दा माथिको लगानी लगानी बोर्डले प्रर्बद्धन गर्छ भने त्यो भन्दा तलको लगानी उद्योग बिभाग मार्फत गर्न सकिन्छ ।

 

‘कहिलेकाहीँ सानो पुँजी लगानीले पनि बिदेशबाट धेरै सिप ल्याउनुका साथै रोजगारी पनि उल्लेख्य सृजना गर्न सक्छन् । तर, कुनैबेला त्यसको ठ्याक्कै विपरित पनि हुन सक्छ । त्यसैले यसमा थप प्रष्टताको आवश्यकता छ,’ उनी भन्छन् ।

 

‘विदेशमा आएर सानो लगानी गर्नु लगानीकर्ताहरुको लागि पनि त्यति फाइदाजनक कुरा होइन । सानो लगानी गर्दा उसको सञ्चालन खर्च नै धेरै आउने हुँदा उनीहरुले सामान्यतः त्यसो गर्दैनन् । तर, अहिले नेपालमा होटल तथा रेष्टुरेन्टको क्षेत्रमा अत्याधिक मात्रामा सानो लगानी बढेको छ भन्ने जुन कुराहरु बाहिर आएको छ त्यसको व्यवसायीक प्रभावकारीता पुष्टि हुँदैंन । त्यसका अन्य गुप्त कारणहरु हुनसक्छन्,’ अर्थशास्त्री तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यपक डा. शिवराज अधिकारी बताउँछन् ।

 

तर, कस्ता लगानीलाई साना भन्ने र कस्तालाई ठूलो भन्ने भन्नेमा नेपालमा नीति निर्माताहरु नै प्रष्ट नभएको अधिकारी बताउँछन् । ‘कहिलेकाहीँ सानो पुँजी लगानीले पनि बिदेशबाट धेरै सिप ल्याउनुका साथै रोजगारी पनि उल्लेख्य सृजना गर्न सक्छन् । तर, कुनैबेला त्यसको ठ्याक्कै विपरित पनि हुन सक्छ । त्यसैले यसमा थप प्रष्टताको आवश्यकता छ,’ उनी भन्छन् ।

 

पछिल्ला निमा बढेको साना होटल तथा रेष्टुरेन्टको वैदेशिक लगानीले नेपालमा यस्ता साना लगानी आवश्यक छ की छैनन् भन्ने वहस सृजना भएको छ । साथै, नेपाल जस्तो संवेदनशील भु–राजनीति भएको देशमा लगानीकर्ताको भेषमा अन्य गोप्य मिशनका लागि मानिसहरु आउन सक्ने तथ्य प्रति पनि सचेत हुनुपर्ने आवश्यकता देखापरेको छ ।

सिभिल बैंकको नयाँ शाखा काँडाघारीमा Read Previous

सिभिल बैंकको नयाँ शाखा काँडाघारीमा

उपत्यकाको फोहोरबाट ग्यास र बिजुली निकाल्ने काममा जुट्यो महानगर Read Next

उपत्यकाको फोहोरबाट ग्यास र बिजुली निकाल्ने काममा जुट्यो महानगर