उपत्यकाको फोहोरबाट ग्यास र बिजुली निकाल्ने काममा जुट्यो महानगर

काठमाडौं । महानगरले फोहोरबाट ग्यास निकाल्ने तयारी गरेको छ । त्यसका लागि महानगरले विभन्न अध्ययन गर्दै गरेको महानगर सहरी व्यवस्थापन विभागका प्रमुख हरि बहादुर कुँवरले जानकारी दिए ।

 

उनका अनुसार अहिले प्लास्टिक छुट्याएर कम्पोष्ट मल बनाउने काम भइरहेको छ । प्लास्टिक ‘रिसाइकल’का लागि कम्पनी स्थापना गर्न वैदेशिक कम्पनीहरुले चासो देखाएका छन् ।

 

उनले सिस्डोलमा (डम्पीङ साइड) फोहोर फाल्न बन्द भएपछि त्यसबाट ग्यास निकाल्ने र विद्युत उत्पादन गर्ने महानगरको योजना रहेको बताए ।

 

 

फोहोरबाट १ करोड ४१ लाख १७ हजार ६२० क्युविक मिटर मिथेन ग्यास समेत निकाल्न सकिने अनुमान छ । साथै, ५ लाख क्युबिक मिटर ग्यास पनि उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ ।

 

‘अब सिस्डोलमा फोहोर फाल्न बन्द भएपछि र ग्यास र बिद्युत उत्पादनको विस्तृत अध्ययन पछि मात्र ग्यास कति निकाल्न सकिन्छ भन्ने थाहा हुन्छ,’ कुँवरले चाणक्य पोष्टसँग भने ।

 

सिस्डोलमा थुिप्रएको फोहोरमा पाइप हालेर ग्यास निकाली ‘रिफिल’ गरिने उनले बताए ।

 

‘फोहोरबाट ग्यास निकाल्न सक्ने अवस्था छ तर, फोहोर फाल्न अर्को डम्पिङ साइड नभएसम्म त्यसमा केही गर्न सकिदैन’, कुँवरले भने ।

 

यस्तै प्लास्टिक रिसाइकलका लागि पनि विभिन्न विदेशी कम्पनीहरुबाट प्रस्ताव आएको उनले जानकारी दिए ।

 

काठमाडौंको फोहोरबाट ५ मेगावाट विद्युत उत्पादन गर्न सकिनुका साथै वर्षेनी ४० हजार टन मल उत्पादन गर्न सकिने अनुमान गरिएको छ ।

 

फोहोरबाट १ करोड ४१ लाख १७ हजार ६२० क्युविक मिटर मिथेन ग्यास समेत निकाल्न सकिने अनुमान छ । साथै, ५ लाख क्युबिक मिटर ग्यास पनि उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ ।

 

फोहोरलाई कुहिने, नकुहिने, औषधिजन्य, बिजुलीजन्यका रुपमा छुट्याएर त्यसै अनुसार व्यवस्थापन गर्न सकिने उनले बताए ।

 

काठमाडौंमामात्र दैनिक ५ सय टन फोहोर संकलन हुने गर्छ । फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिकाको खर्च धेरै छ । महानगरले फोहोर व्यवस्थापन गर्ने क्रममा फोहर संकलन गर्ने कर्मचारीलाई नै करोडौ रुपैंयाँ वर्षेनी तलब भत्ताको रुपमा दिदै आएको छ ।

 

महानगरपालिकासँग नगरभित्र घुमेर फोहोर संकलन गर्ने र सिस्डोल (डम्पिङ साईड) लैजाने गाडी गरि १ सयभन्दा बढि गाडी रहेको छ । साथै, निजी क्षेत्रले पनि टोलटोलबाट फोहोर संकलन गर्न छुट्टै गाडी गुडाउँदै आएको छ ।

 

फोहोर सिस्डोलबाट बन्चरे डाँडामा

 

अब सरकारले बन्चरे डाँडालाई डम्पीङ साइटको रुपमा विकास गर्ने भएको छ । त्यसका लागि सहरी विकास मन्त्रालयले डम्पीङ साइड व्यवस्थापनको काम गरिरहेको छ । उक्त स्थानमा भौतिक पूर्वाधारको निर्माण पछि उपत्यकाका फोहोर बन्चरे डाँडामा फालिने छ ।

 

सिसडोलबाट बन्चरे डाँडा पुग्न करिब २ किलोमिटर सडकको स्तरोन्नति र कालोपत्रे गर्ने काम सडक विभागबाट सुरु भइसकेको छ ।

 

काठमाडौं महानगरपालिका लगायत काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विगत १३ वर्षदेखि सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

रेष्टुरेन्ट जस्ता साना व्यवसायमा वैदेशिक लगानी किन ? के भन्छ ऐन Read Previous

रेष्टुरेन्ट जस्ता साना व्यवसायमा वैदेशिक लगानी किन ? के भन्छ ऐन

अब बैंकमा आर्टिफिसियल इन्टेलिजेन्स सेवा Read Next

अब बैंकमा आर्टिफिसियल इन्टेलिजेन्स सेवा