काठमाडैं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलायन्सले यही कात्तिक १० गतेदेखि चीनको राजधानी बेइजिङ उडान सुरु गर्ने भएको छ।
एयरलाइन्सले चीनको राजधानी बेइजिङस्थित अघिल्लो महिनामात्र निर्माण सम्पन्न भएको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने तयारी गरेको हो।
एयरलाइन्सले काठमाडौं–बेइजिङ रुटमा हप्तामा ३ उडान गर्ने भएको छ। एयरलाइन्सले पहिलो उडानका लागि बुकिङ पनि लिन थालिसकेको छ।
हिमालयले बेइजिङसँगै सन् २०१९ भित्रै चीनका अन्य तीन सहरमा गुयाङ, चाङ्सा र नाङचिङमा हप्ताको एक उडान गर्ने तयारी गरेको छ।