जाउलाखेलमा गोदावरी पुष्प मेला शुरु, ५० हजारसम्मका फूल (फोटोफिचर)

काठमाडौं । आजबाट जाउलाखेलमा गोदावरी फूल मेला सुरु भएको छ । आजबाट सुरु भएको गोदावरी फूल मेलामा फूलहरुको प्रदर्शनी तथा विक्री भइरहेको छ । मेलामा न्यूनतम ४० रुपैयाँ देखि अधिकतम ५० हजार रुपैयाँसम्म पर्ने फूलहरु राखिएको छ ।  यो मेला ४ गतेसम्म सञ्चालन हुने छ ।

 

१३ औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनीरुपमा ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरी’ भन्ने नाराका साथ यो मेला सुरु गरिएको हो ।

 

मेलाको उद्घाटन कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले गरेका थिए । उनले उद्घाटनका क्रममा फूल व्यवसायीको हकमा नीति गत केही समस्या भए त्यसको सहजीकरणमा सरकारले सहयोग गर्ने बताए ।‘फूलको व्यवसायमा नितीगत केही समस्या भए भन्नु, सरकारले कहाँ के सच्याउनु पर्छ त्यो गर्नेछ,’ मन्त्री खनालले भने ।

मेलामा १६ वटा नयाँ प्रजातीका गोदावरी फूल प्रदर्शनी गरिने छ । नेपालभर ४३ जिल्लामा पुष्प खेती विस्तार भइसकेको छ । हाल लगभग १ सय ५७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसायीक खेती भइरहेको फ्यानको दाबी रहेको छ ।

 

मेलामा ३५ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने र ५० लाखको व्यवसायीक कारोबार हुने अनुमान गरिएको छ । २० लाख लगानीमा आयोजना हुन लागेको मेलामा प्रवेशका लागि टिकटको व्यवस्था गरिएको छ । प्रवेश शुल्क सर्वसाधनलाई ५० र विद्यार्थीलाई ३० रुपैयाँ व्यवस्था गरिएको छ ।

 

गत आवमा २० करोड ९२ लाख रुपैयाँ बराबरको पुष्प आयात भएको थियो र ४६ लाख रुपैयाँ बराबर पुष्प निर्यात भएको फ्यानले जानकारी दिएको छ ।

स्थानीय निकायका जनप्रतिनिधिलाई पारिश्रमिक नदिन सर्वोच्चको आदेश Read Previous

स्थानीय निकायका जनप्रतिनिधिलाई पारिश्रमिक नदिन सर्वोच्चको आदेश

हिमालय एयरलाइन्सले कात्तिक १० गतेदेखि बेइजिङ उडान गर्ने Read Next

हिमालय एयरलाइन्सले कात्तिक १० गतेदेखि बेइजिङ उडान गर्ने