काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको मंसिर २९ गते बसेको बैठकले सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८.९५ प्रतिशत नगद गरी कुल ८.९५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा आधा कम हो । बैंकले सो आवमा १६.६३ प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।