काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको मंसिर २९ गते बसेको बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले उक्त लाभांश पारित गर्न कम्पनीले पुस २२ गते छैटौं वार्षिक साधरण सभा बोलाएको छ । सभा कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वरमा हुनेछ ।
सभामा कम्प्नीले लेखापरीक्षक नियुक्त गर्ने, गत वर्षको वार्षिक प्रतिवेदनमा छलफल गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक चयन गर्ने लगायत प्रस्तावहरु पनि एजेन्डाको रुपमा लैजाने भएको छ ।
कम्पनीले साधरण सभा प्रयोजनका लागि पुस १३ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार पुस १२ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।