ठेक्का अलपत्र पार्ने १३ कम्पनी कालोसूचीमा (नामसहित)

काठमाडौं । सरकारले ठेक्का लिएर काम अलपत्र पार्ने १३ निर्माण तथा सप्लायर्स कम्पनीलाई कालोसूचीमा राखेको छ ।

ठेक्का सम्झौता अनुसार काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै १३ सप्लायर्स तथा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।

कार्यालयले ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि ३ वर्षका लागि कालोसूचीमा राखेको हो ।

कार्यालयले याक्थुम्हाङ विपी जेभी र स्टार अफिस इन्टरनेशनललाई ३ वर्षका लागि कालोसूचीमा राखेको छ । त्यसैगरी, सपना निर्माण सेवा २ वर्ष, नन्दु निर्माण सेवा, राष्ट्र निर्माण सेवा, अग्रीम पीपी जेभी, देव कन्स्ट्रक्शन, जन कन्स्ट्रक्शन, जय निर्माण सेवा लगायत कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेका कम्पनीले अब तोकिएको अवधिमासम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउनेछैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ।

३३०० मिटर अग्लो डाँडा छिचोलेर मुगु-हुम्ला जोड्ने सडक निर्माण सम्पन्न Read Previous

३३०० मिटर अग्लो डाँडा छिचोलेर मुगु-हुम्ला जोड्ने सडक निर्माण सम्पन्न

बिन्ध्यबासिनी हाइड्रोपावरको लाभांश घोषणा, बुकक्लोज कहिले ? Read Next

बिन्ध्यबासिनी हाइड्रोपावरको लाभांश घोषणा, बुकक्लोज कहिले ?