काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको मंसिर २५ गते बसेको बैठकले सेयरधनीलाई १८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११.५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा ८ प्रतिशत कम हो । सो आवमा बैंकले ३८ प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।