बाराही हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले मंसिर २१ गतेदेखि सर्वसाधरणका लागि विक्रीमा ल्याएको आइपीओ भने आज अन्तिम दिन हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ५४ लाख रुपैयाँ बराबरको ५ लाख ५४ हजार कित्ता सेयर विक्रीमा ल्याएको छ ।

सोमध्ये ५ प्रतिशत (२७ हजार कित्ता) सेयर सामूहिक लगानी कोषहरु र २ प्रतिशत (११ हजार ८० कित्ता) सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी(आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी इस्यूअर बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

नबिल बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो Read Previous

नबिल बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो

माउन्टेन इनर्जीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

माउन्टेन इनर्जीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन