माउन्टेन इनर्जीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । माउन्टेन इनर्जी नेपालको  लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभा प्रयोजनका लागि मंसिर २७ गते बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।

कम्पनीले आर्थिक वर्ष गत २०७८/७९ को मुनाफाबाट कर प्रयोजनसहित १०.५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

सो लाभांश पारित गर्न कम्पनीले पुस ८ गते वार्षिक साधारण सभा बोलाएको हो । सो सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

बाराही हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

बाराही हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

चौथो प्रयासपछि टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरू Read Next

चौथो प्रयासपछि टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरू