काठमाडौं । नेपाली बजारमा सुनको तोलाको १ लाख रुपैयाँ नाघेको छ । आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा २०० रुपैयाँ बढेर प्रतितोला १ लाख ५०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार ८०० थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १०ले बढेर रु १ हजार ४०० पुगेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेसँगै नेपाली बजारमा पनि मूल्य आकाशिएको महासंघले जनाएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ७९७.३५ डलरमा कारोबार भइरहेको छ ।