महालक्ष्मी लाइफको सीईओमा पुनः रमेशकुमार भट्टराई नियुक्त

काठमाडौं। महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पुनः रमेशकुमार भट्टराई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई चार बर्षको कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपालली जीवन बीमा कम्पनीका पहिलो नेपाली सीईओ भट्टराईले २०३९ सालमा नेपाल बैंकबाट अधिकृतस्तरदेखि बैंकिङ करियर सुरु गरेका हुन । विभिन्न संस्थाहरुको सीईओ भएर काम गरिसकेका भट्राईकै पहलमा महालक्ष्मी लाइफ इन्स्योरेन्स खुलेको हो ।

अहिले यो कम्पनी प्रभु लाइफ इन्स्योरेन्ससँग एक्विजीसन प्रक्रियामा छ । कम्पनी एक्विजीसनमा गएपछि पनि भट्टराई नै सीइओ हुने यसअघि नै निर्णय भइसकेको थियो।

अघि बढ्न सकेन कालीगण्डकीमा पक्की पुल निर्माण Read Previous

अघि बढ्न सकेन कालीगण्डकीमा पक्की पुल निर्माण

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी Read Next

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी