पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी

काठमाडौं । बुध्द एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुध्द एयरले आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय गर्न लागेको हो ।

यसका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) समक्ष अनुमतिका लागि निवेदन दिएको छ । ‘पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि हामीले तयारी सुरु गरिसकेका छौँ, सबै तालमेल मिले पहिलो अन्तर्राष्ट्रिय उडान बुध्द एयरबाट हुनेछ’, बुध्द एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने।

पोखरा विमानस्थलबाट बुध्द एयरले भारतका तीन गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको छ ।

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’बाट हुनेछ । विमानस्थलको पूर्वपट्टिबाट मात्रै अन्तर्राष्ट्रिय उडान र अवतरण हुनेछन् भने आन्तरिकतर्फ रन–वेको दुवैतर्फबाट उडान तथा अवतरण गर्न मिल्ने क्यानको भनाइ छ ।

अन्तर्राष्ट्रिय विमान कम्पनीको चासो

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले चासो देखाउन थालेका छन् । विमानस्थलबाट उडानका लागि भारतीय र चिनियाँ विमान कम्पनीले चासो देखाएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

विमानस्थलबाट नेपाली विमान कम्पनीहरु बुध्द एयर र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरिसकेका छन् । अन्तर्राष्ट्रियतर्फ कतारको जजिरा एयरवेजले पनि पोखरा विमानस्थलबाट उडानमा चासो व्यक्त गरेको छ ।

विमानस्थलमा साना र ठूला गरी ११ वटा विमान पार्किङ गर्न सकिन्छ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ छ वटा उडान तथा अवतरण गर्ने क्यानको तयारी छ । विमानस्थलसँग वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता छ ।

महालक्ष्मी लाइफको सीईओमा पुनः रमेशकुमार भट्टराई नियुक्त Read Previous

महालक्ष्मी लाइफको सीईओमा पुनः रमेशकुमार भट्टराई नियुक्त

महाभियोग प्रस्ताव निष्प्रभावी भन्ने पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश Read Next

महाभियोग प्रस्ताव निष्प्रभावी भन्ने पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश