
काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।होटल हिमालयमा बुधबार सम्पन्न साधारण सभाले ले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आइपीओ ल्याउने प्रस्ताव पारित गरेको हो ।
साधारण सभाबाट अनुमोदन भएकाले अब कम्पनीले निष्कासन प्रक्रिया अघि बढाउनेछ । बिक्री प्रबन्धक छनोट गरी धितोपत्र बोर्डमा आवेदन दिनुपर्नेछ । बोर्डबाट अनुमति पाएपछि निष्कासन प्रक्रिया सुरु हुनेछ ।
सिटिजन्सको जारी पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । कम्पनीले अब न्यूनतम ७५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्नेछ ।
बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पूँजी २ अर्ब रुपैयाँ प्रावधान रहेको छ ।