काठमाडौं । आइएमईले दशैं, तिहार लगायत चाडपर्वलाई लक्षित गर्दै ल्याएको अफरको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
बुधबार काठमाडौँ पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आइएमईप्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आइएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरीले संयूक्त रूपमा सफ्टवेयर पद्वतिमा आधारित लक्की ड्र मार्फत विजेता घोषणा गरेका हुन् ।
‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ भन्ने थिममा आधारित उक्त अफरको विजेता मेखलाल तामाङ्ग बन्न सफल भएका हुन् ।मलेसियाबाट आइएमई मार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङ्गले बम्परमा नगद १० लाख रुपैयाँ उपहार जितेका हुन् ।
प्रमुख कार्यकारी अधिकृत पौडेलले आइएमईले समयसमयमा ल्याउँदै आएको सेवाग्राहीमुखि अफरले नेपालमा रेमिट्यान्स आप्रवाह बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
आइएमई सबैको माया र विश्वास प्राप्त ब्राण्ड भएको उल्लेख गर्दै पौडेलले यो ब्राण्ड सबैसँग जोडियोस् र सबैमा अपनत्व कायम होस् भन्ने सोचेर कम्पनीलाई पब्लिकमा लैजाने प्रक्रिया सुरु भएको जानकारी गराए ।
आइएमईका ब्राण्ड एम्बासडर एवम् वरिष्ठ कलाकार दीपकराज गिरीले नेपालका खासखास अप्ठ्याराहरूमा रेमिटेन्सले अर्थतन्त्र चलायमान गराएको स्मरण गरे ।
ग्रुपका प्रवक्ता राजु पौडेलले अफरको विषयमा चर्चा गर्दै बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स आप्रवाह बढाउन यस्ता अफर अत्यन्तै प्रभावकारी रहेको बताए ।
यस वर्षका पर्वहरूका अवसरमा आइएमईले साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित स्किम संचालनमा ल्याइएको थियो । उक्त अफर २०७८ भदौ १६ गतेदेखि कार्तिक १६ सम्म अर्थात् ६३ दिनसम्म संचालनमा ल्याइएको थियो ।
अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रू. २५ हजार उपहार स्वरूप प्रदान गरिने गरी व्यवस्था मिलाइएको थियो ।