प्रभु र सेञ्चुरी कमर्सियल बैंक बीच मर्जर सम्बन्धी अन्तिम सम्झौता

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक बीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको छ । बुधबार प्रभु बैंकको प्रधान कार्यालय बबरमहलमा आयोजित एक समारोहबीच दुवै बैंकका मर्जर कमिटिका संयोजकले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट मर्जर समितिका संयोजक रमेश सिंह खड्का र सेञ्चुरी कमर्सियल बैंकका तर्फबाट मर्जर समितिका सदस्य मनबहादुर राईले हस्ताक्षर गरे ।

दुवै बैंक समान हैसियत अर्थात् १:१ सेयर अनुपातमा मर्ज हुन लागेका हुन् । दुई बैंक बीच गत साउन १५ गते मर्जर सम्बनधी प्रारम्भिक सम्झौता भएको थियो भने नेपाल राष्ट्र बैंकले भदौ २० गते मर्जरको सैद्धान्तिक स्वीकृति दिएको थियो।

दुई बैंक बीचको मर्जर प्रक्रिया सम्पन्न गरी पुस भित्रै एकीकृत कारोबार सुरु गर्ने जनाइएको छ । सम्झौताअनुसार मर्जरपछि बन्ने संस्थाको नाम प्रभु बैंक हुनेछ । सञ्चालक समितिको अध्यक्षमा सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ हुनेछन् ।

यस्तै प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रभु बैंकका सीईओ अशोक शेरचन र सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने डेपुटी सीईओ बन्ने छन् ।

मर्जरपछि बन्ने नयाँ बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड रुपैयाँ हुनेछ भने जगेडा कोष एकीकृत जगेडा कोष ८ अर्ब ३८ करोड रुपैयाँको हुने छ ।

बीवाइडीका विद्युतीय गाडी किन्न नबिल बैंकले ८०% सम्म ऋण दिने, ब्याजदर कति ? Read Previous

बीवाइडीका विद्युतीय गाडी किन्न नबिल बैंकले ८०% सम्म ऋण दिने, ब्याजदर कति ?

आइएमईबाट १४ हजार पठाउँदा मेखलालले पाए १० लाख उपहार Read Next

आइएमईबाट १४ हजार पठाउँदा मेखलालले पाए १० लाख उपहार