बीवाइडीका विद्युतीय गाडी किन्न नबिल बैंकले ८०% सम्म ऋण दिने, ब्याजदर कति ?

काठमाडौं । नबिल बैंकले विद्युतीय सवारी साधन खरिद गर्न सहजै ऋण दिने भएको छ । यसैक्रममा, बैंकले बीवाइडीका विद्युतीय गाडी (ईभी) किन्न ८० प्रतिशतसम्म ऋण दिने सम्झौता गरेको छ ।

नेपालका लागि बीवाइडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इंक र नबिल बैंकबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार बीवाइडी कुनै पनि विद्युतीय गाडी खरिद गर्दा ग्राहकले नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण पाउन सक्नेछन् । यस्तो ऋण ७ वर्ष अवधिका लागि पाउने छन् ।

बीवाइडीको ईभी खरिदका लागि बैंकले १२.९९ प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने भएको छ । यो सुविधा नबिल बैंकका सबै शाखाबाट पाइने जनाइएको छ ।

नबिल बैंकले यसअघि हुन्डाईका विद्युतीय सवारी खरिद गर्दा पनि सहजै ऋण दिने सम्झौता गरेको थियो ।

विमानस्थलको डिपोमा इन्धन भरेको ६ महिना बित्दा पनि जहाजमा 'रिफिल' भएन Read Previous

विमानस्थलको डिपोमा इन्धन भरेको ६ महिना बित्दा पनि जहाजमा 'रिफिल' भएन

प्रभु र सेञ्चुरी कमर्सियल बैंक बीच मर्जर सम्बन्धी अन्तिम सम्झौता Read Next

प्रभु र सेञ्चुरी कमर्सियल बैंक बीच मर्जर सम्बन्धी अन्तिम सम्झौता