सानिमा बैंकले मनायो रक्तदान गरेर १८ औं वार्षिकउत्सव

काठमाडौं । सानिमा बैंकले विभिन्न कार्यक्रम गरेर १८ औं वार्षिकउत्सव मनाएको छ । बैंकले बुधवार केन्द्रीय कार्यालय नक्सालमा कर्मचारीलाई सम्मान र रक्तदान कार्यक्रम गरेको हो ।

आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले दश वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई सम्मान पत्र प्रदान गरे । पाण्डेले १८ वर्षको अवधिमा बैंक सबल र विश्वसनीय रुपमा स्थापित हुन सफल भएको बताए । उनले बैंकका संचालक समिति, व्यवस्थापन समूह लगायत कार्यरत कर्मचारीलाई कृतज्ञता व्यक्त गरे ।

वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौंमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्सालको सहकार्य तथा ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम बैंकका कर्मचारी र स्थानीय रक्तदाताहरुको सहभागितामा सम्पन्न भएको थियो ।

अब प्रदूषण जाँचमा पास नहुने सवारी साधनलाई १ लाख जरिवाना गरिने Read Previous

अब प्रदूषण जाँचमा पास नहुने सवारी साधनलाई १ लाख जरिवाना गरिने

समानुपातिक निर्वाचनको सिट बाँडफाँट, कुन दलले कति सिट पाए  ? Read Next

समानुपातिक निर्वाचनको सिट बाँडफाँट, कुन दलले कति सिट पाए  ?