समानुपातिक निर्वाचनको सिट बाँडफाँट, कुन दलले कति सिट पाए  ?

काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीमा ७ राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ अर्थात् खसेको कूल सदर मतको न्यूनतम ३ प्रतिशत कटाएका छन् ।

प्रतिनिधिसभामा ७ राजनीतिक दलले ९२ लाख ७१ हजार ७१२ मत प्राप्त गरेका छन् । यसअनुसार नेकपा (एमाले) ले कुल सदर मतको ३०.६९ प्रतिशत मत प्राप्त गरी ३४ सिट प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २९.२९ प्रतिशत मत प्राप्त गरी ३२ सिट पाएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र)ले कुल सदर मतको १२.६८ प्रतिशत मत प्राप्त गरी १४ सिट प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १२.१९ प्रतिशत मत प्राप्त गरी १३ सिट पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ६.३५ मत प्राप्त गरी ७ सिट, जनता समाजवादी पार्टीले ४.५४ मत प्राप्त गरी ५ सिट र जनमत पार्टीले ४.२६ मत प्राप्त गरी ५ सिट प्राप्त गरेको छ ।

सातै प्रदेशको मतपरिणामअनुसार निर्वाचनमा सहभागी दललाई आयोगले सिट बाँडफाँट गरेको छ ।

प्रदेश नम्बर १

नेकपा (एमाले) ले प्राप्त गरेको ३८.५५ प्रतिशत मत प्राप्त गरी १५ सिट प्राप्त गर्दा नेपाली कांग्रेसले ३२.६१ प्रतिशत मत प्राप्त गरी १२ सिट प्राप्त गरेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ११.५ प्रतिशत मतले ४, नेकपा (माओवादी केन्द्र) ले १०.५ प्रतिशतले ४ सिट, जनता समाजवादी पार्टी, नेपालले ३.५ प्रतिशतले १, नेकपा (एस)ले ३.२४ प्रतिशत मतले १ सिट प्राप्त गरेको छ । यस प्रदेशमा ६ राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ कटाएका छन् ।

मधेस प्रदेश

यस प्रदेशमा १० राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन् । नेपाली कांग्रेसले २०.४९ प्रतिशत मत प्राप्त गरी ९ सिट पाउँदा नेकपा(एमाले) ले १८.मतले ८ सिट प्राप्त गरेको छ । जनमत पार्टीले १६.८६ मत प्राप्त गरी ७ सिट प्राप्त गरेको छ भने जनता समाजवादीले १५.३ प्रतिशत मतले ७ सिट प्राप्त गरेको छ ।

त्यसैगरी नेकपा(माओवादी केन्द्र) ले ९.२६ प्रतिशत मत प्राप्त गरी ४ सिट, नेकपा(एस)ले ५.८३ प्रतिशत मत प्राप्त गरी तीन सिट र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५.८ प्रतिशत मत प्राप्त गरी २ सिट प्राप्त गरेको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.३३ प्रतिशत मतले १, नेपाल सङ्घीय समाजवादी पार्टीले २.५७ मतले १ र नागरिक उन्मुक्ति पार्टीले २ प्रतिशत ५५.मतले १ सिट प्राप्त गरेको छ ।

बागमती प्रदेश

यस प्रदेशमा ७ राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन् । नेकपा (एमालले) ३२.३९ प्रतिशत मत प्राप्त गरी १४ सिट प्राप्त गर्दा नेपाली कांग्रेसले २७.२४ प्रतिशत मत पाई १२ सिट प्राप्त गरेको छ ।

त्यस्तै नेकपा(माओवादी केन्द्र)ले १५.५५ प्रतिशत मत प्राप्त गरी ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १४.८३ प्रतिशत मतले ६ सिट प्राप्त गरेको छ । यता, नेकपा(एस)ले ३.७४ प्रतिशत मत र नेपाल मजदुर किसान पार्टीले ३.६८ प्रतिशत मत प्राप्त गरी समान २ सिट प्राप्त गरेका छन् । हाम्रो नेपाली पार्टीले २.५७ प्रतिशत मतले १ सिट संङ्ख्या प्राप्त गरेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा ४ राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएर प्रदेशसभा सदस्य प्राप्त गरेका छन् । नेकपा (एमाले)ले ३९.०३  प्रतिशत मतले १० र नेपाली कांग्रेसले ३७.०८ प्रतिशत मतले ९ सिट प्राप्त गरेको छ । नेकपा(माओवादी केन्द्र)ले १२.४ प्रतिशत मतले तीन सिट र हाम्रो नेपाली पार्टीले ६.३१ प्रतिशत मतले २ सिट प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेश

यस प्रदेशमा १० राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन् । नेकपा ९एमालले० ले ३२.१२ प्रतिशत मतले ११ सिट र नेपाली कांग्रेसले २८.१३ प्रतिशत मतले १० सिट सङ्ख्या प्राप्त गरेको छ । नेकपा(माओवादी केन्द्र)ले ११.१६ प्रतिशत मतले ४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७.१७ प्रतिशत मतले २, नागरिक उन्मुक्ति पार्टीले ७.०६ प्रतिशत मतले २ र जनमत पार्टीले ४.५९ प्रतिशत मतले २ सिट प्राप्त गरेको छ ।

त्यसैगरी जसपा नेपालले ३.४२ प्रतिशत मतले १, नेकपा(एस)ले २.४ प्रतिशत मतले १, लोसपा नेपालले २.१२ प्रतिशत मतले १ र राष्ट्रिय जनमोर्चाले १.८४ प्रतिशत मतले १  सिट प्राप्त गरेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा छ राजनीतिक दलमध्ये पाँच दलले सिट प्राप्त गरेका छन् । नेकपा (एमाले)ले ३२.७१ प्रतिशत र नेपाली कांग्रेसले ३०.३६ प्रतिशत मतले समान पाँच सिट सङ्ख्या प्राप्त गरेका छन् ।

नेकपा(माओवादी केन्द्र)ले २४.४७ प्रतिशत मतले ४ सिट प्राप्त गरेको छ । यस्तै नेकपा(एस)ले ६.३७ प्रतिशत मत र राप्रपाले ४.४७ प्रतिशत मतले १/१ सिट प्राप्त गरेको छ ।

सुदूरपश्चिम प्रदेश

यस प्रदेशमा छ राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन् । नेकपा (एमाले)ले ३२.२३ प्रतिशत मतले ७ सिट सङ्ख्या प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेसले ३१.६३ प्रतिशत मतले ७ सिट सङ्ख्या प्राप्त गरेको छ ।

नेकपा (माओवादी केन्द्र) ले १४.२५ प्रतिशत मतले तीन सिट र नागरिक उन्मुक्ति पार्टीले ११.५६ प्रतिशत मतले २ सिट प्राप्त गरेको छ । यता नेकपा (एस)ले ५.१४ प्रतिशत मत र राप्रपाले ५.१९ प्रतिशत मतले १र१ सिट प्राप्त गरेको छ ।

सानिमा बैंकले मनायो रक्तदान गरेर १८ औं वार्षिकउत्सव Read Previous

सानिमा बैंकले मनायो रक्तदान गरेर १८ औं वार्षिकउत्सव

विमानस्थलको डिपोमा इन्धन भरेको ६ महिना बित्दा पनि जहाजमा 'रिफिल' भएन Read Next

विमानस्थलको डिपोमा इन्धन भरेको ६ महिना बित्दा पनि जहाजमा 'रिफिल' भएन