काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको मंसिर १९ गते बसेको बैठकले सेयरधनीलाई कर प्रयोजनसहित ८.२५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
बैंकले घोषणा गरेको यो लाभांश १० वर्ष यताकै कम हो । यसअघि बैंकले आर्थिक वर्ष २०६९/७० मा १० प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।