साना किसान र आरएमडीसी लघुवित्तको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत दुई लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेका छन् । आरएमडीसी लघुवित्त र साना किसान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् ।

आरएमडीसी लघुवित्त संचालक समितिको मंसिर १९ गते बसेको बैठकले सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर र करप्रयोजनका लागि १.३६ प्रतिशत नगद गरी कुल २७.३६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

त्यसैगरी, साना किसान लघुवित्तले पनि गत वर्षको नाफाबाट २६ प्रतिशत बोनस सेयर र करप्रयोजनका लागि १.३६ प्रतिशत नगद गरी कुल २७.३६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । लघुवित्त संचालक समितिको मंसिर १९ गते बसेको बैठकले उक्त लाभांश् प्रस्ताव गरेको हो ।

दुवै लघुवित्तको प्रस्तावित लाभांश नियामक निकाय नेपालराष्ट्र बैंकको स्वीकृति र सम्बन्धित लघुवित्तको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

मध्यपहाडी राजमार्गको ४ खण्डमा कालोपत्र गरिँदै, २०५ किमीको ठेक्का लाग्नै बाँकी Read Previous

मध्यपहाडी राजमार्गको ४ खण्डमा कालोपत्र गरिँदै, २०५ किमीको ठेक्का लाग्नै बाँकी

एनएमबी बैंकले घोषणा गर्‍यो १० वर्ष यताकै कम लाभांश Read Next

एनएमबी बैंकले घोषणा गर्‍यो १० वर्ष यताकै कम लाभांश