तरलता सुविधामा राष्ट्र बैंकको लचकता, दुइ महिना हर्जना नलाग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधि ( २०७६ दोस्रो संशोधन २०७९) संशोधन गरेको छ ।

वित्तीय प्रणालीमा तरलता संकट बढ्दै गएपछि राष्ट्र बैंकले कार्यविधि संशोधन गदै तरलता सुविधा उपयोग गर्दा तोकिएको समयमा फिर्ता गर्न नसकेमा लाग्ने हर्जाना सुरुको दुई महिनाको लागि नलिने भएको हो ।

‘बैंक तथा वित्तीय संस्थाहरुले कार्यविधिमा उल्लेख भएका सुविधा उपयोग गर्दा लाग्ने नियमित शुल्क र ब्याज बाहेक त्यस्तो सुविधा तोकिएको समयमा फिर्ता गर्न नसकेमा लाग्ने हर्जाना सुरुको दुई महिनाको लागि लिइने छैन,’ कार्यविधिमा उल्लेख छ ।

दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधिका व्यवस्थाहरु आगामी पुस १ देखि लागु हुने राष्ट्र बैंकले जनाएको छ ।

नेप्सेमा झन्डै २७ लाख कित्ता हकप्रद सेयर सूचीकृत Read Previous

नेप्सेमा झन्डै २७ लाख कित्ता हकप्रद सेयर सूचीकृत

हिउँदे बालीका लागि ४३ हजार मेट्रिकटन रासायनिक मल मौज्दात Read Next

हिउँदे बालीका लागि ४३ हजार मेट्रिकटन रासायनिक मल मौज्दात