काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा झन्डै २७ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।आइतबार नेप्सेमा बरुण हाइड्रोपावरको २६ लाख ७९ हजार हजार ७५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत भदौ ६ गतेदेखि ३१ गतेसम्म चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद विक्रीमा ल्याएको थियो ।
नेप्सेमा सूचीकृत हकप्रद सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।