हिउँदे बालीका लागि ४३ हजार मेट्रिकटन रासायनिक मल मौज्दात

काठमाडौं । हिउँदेबालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र केही परिमाण मल नेपाल भित्रने क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले हाल २१ हजार ७६४ मेट्रिक टन युरिया, १९ हजार २८६ मेट्रिक टन डीएपी र १ हजार ९३२ मेट्रिक टन पोटास गरी कुल ४२ हजार ९८३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जानकारी दिए ।

मौज्दात रहेको यो परिमाणको रासायनिक मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग ३५ हजार ४४९ मेट्रिक टन मौज्दात छ । जसमा १५ हजार १७९ मेट्रिक टन युरिया, १८ हजार ४३२ मेट्रिक टन डिएपी र एक हजार ८३७ मेट्रिक टन पोटास छ ।

त्यस्तै, साल्ट ट्रेडिङ्ग कर्पोरेसनसँग ६ हजार पाँच सय ६४ मेट्रिक टन युरिया, आठ सय ५४ मेट्रिक टन डिएपी र ९५ मेट्रिक टन पोटास गरी कुल सात हजार पाँच सय ३४ मेट्रिक टन रासायनिक मल मौज्दाते छ ।

चालु आर्थिक वर्ष २०७९/८० का लागि मल खरिद गर्न सरकारले रु १६ अर्ब विनियोजन गरेको छ ।चालु आर्थिक वर्षमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडमार्फत् दुई लाख ५७ हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर आह्वान भएको थियो । जसमा एक लाख १० हजार मेट्रिक टन मल आयात भई ८६ हजार पाँच सय मेट्रिक टन बिक्रीसमेत भइसकेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कृषि सामग्री कम्पनी लिमिटेड ५७ हजार दुई सय १२ मेट्रिक टन र साल्ट ट्रेडिङ्ग कर्पोरेसनले २९ हजार ३३ मेट्रिक टन रासायनिक मल बिक्री गरिसकेका छन् ।

साथै, २० हजार मेट्रिक टन युरिया पुसको पहिलो हप्ता नेपाल आइपुग्ने पनि कृषि मन्त्रालयले जनाएको छ । टेन्डर भएको बाँकी मल माघ तथा फागुन महिनामा नेपाल आइपुग्ने जानकारी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसनले मन्त्रालयलाई दिएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडको २० हजार मेट्रिक टन रासायनिक मलमध्ये पाँच हजार मेट्रिक टन भैरहवा र वीरगञ्ज नाकामा आइसकेको तथा १० हजार मेट्रिक टन मल विशाखापटनमबाट नेपालका लागि निकासी भैसकेको पनि मन्त्रालयको भनाइ छ ।

तरलता सुविधामा राष्ट्र बैंकको लचकता, दुइ महिना हर्जना नलाग्ने Read Previous

तरलता सुविधामा राष्ट्र बैंकको लचकता, दुइ महिना हर्जना नलाग्ने

एशियन हाइड्रोपावरले मंसिर २७ देखि आइपीओ जारी गर्ने Read Next

एशियन हाइड्रोपावरले मंसिर २७ देखि आइपीओ जारी गर्ने