काठमाडौं । विद्युतीय सवारी निर्माता कम्पनीले टेस्लाले आफ्नो सेमी ट्रकको पहिलो डेलिभरी गरेको छ । कम्पनीले बिहीबार नेभाडाको गिगाफ्याक्ट्रीमा आयोजित एक कार्यक्रममा अनावरण गरिएको ५ वर्षपछि पेप्सीलाई पावरफूल इलेक्ट्रीक ट्रक हस्तान्तरण गरेको हो ।
टेस्लाले अर्डर लिएको ५ वर्षपछि इलेक्ट्रीक ट्रक डेलिभरी गरेको हो । पेप्सीले २०१७ डिसेम्बरमा टेस्लासँग १०० ट्रकको अर्डर गरेको थियो । उक्त ट्रक सन् २०१९ मा डेलिभरी गर्ने भनिए पनि कोरोनाका कारण ढिला भएको कम्पनीले जनाएको छ ।
टेस्लाका अनुसार यो ट्रकले एकै चार्जमा ५०० माइलसम्म चल्न सक्छ। यसमा तीनवटा विद्युतीय मोटरहरू छन्, जसमध्ये एउटाले अधिकांश समय ट्रक चलाउँछ भने अन्य दुईवटा प्रायः एक्सेलेरेशन र हार्ड पुलिङमा प्रयोग गरिन्छ ।
यो ट्रकको प्रतिघन्टा ० देखि ९७ किलोमिटरको गतिमा गुड्ने क्षमता छ । यसमा सीमलेस हाईवे ड्राइभिङका लागि अटोमेटिक क्लच, राम्रो भिजिबिलिटीका लागि युनिक सेन्ट्रल सिटिङ, ट्रयाक्सन कन्ट्रोल, ब्याट्री एफिसिएन्सी बढाउनका लागि रिजनरेटिभ ब्रेकिङ, कप होल्डर्स, वायरलेस फोन चार्जर लगायत सुविधा छन् ।