काठमाडौं । बिहेको सिजन लागेसँगै सुनको मूल्य आकाशिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेसँगै नेपाली बजारमा पनि महँगिएको हो ।
नेपाली बजारमा आइतबार सुनको मूल्य १ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले ९९ हजार ५०० रुपैयाँ पुगेको छ ।
नेपाली बजारमा ८ महिनापछि सुनको मूल्य तोलाको १ लाख नजिक पुगेको हो । यसअघि गत वैशाख ५ गते तोलाको १ लाख २ हजार ५ सयसम्म पुगेको थियो । त्यसयता घटेर तोलाको ९० हजारसम्म आएको सुनको मूल्य फेरि उकालो लागेको हो ।
यस्तै, आज तेजाबी सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी तोलाको १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।