नेपाल चेम्बर अफ कमर्स र भाइब्रेण्ट गोवा फाउण्डेशनबीच समझदारी, पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । द्धिपक्षिय व्यापार, लगानी, पर्यटन प्रवर्द्धन एवम आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ नेपाल चेम्बर अफ कमर्स र भाइब्रेण्ट गोवा फाउण्डेशनबीच समझदारीपत्रमा हस्तारक्षर भएको छ । भारतको भाइब्रेण्ट गोवा फाउण्डेशनका तर्फबाट सभापति राजकुमार कामत र नेपाल चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठले आज गोवामा गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तको उपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर गरेको नेपाल चेम्बर अफ कमर्सले जानकारी दिएको छ ।

 

उक्त समझदारी पत्रले आगामी दिनमा द्धिपक्षीय आर्थिक एवम व्यापारिक सम्बन्ध वृद्धि हुने अपेक्षा रहेको छ । साथै व्यापार लगानी अभिवृद्धि गर्न गोवामा नेपाल डेस्क र नेपालमा गोवा डेस्क राख्ने समेत समझदारी पत्रमा उल्लेख गरिएको स्पष्ट पारिएको छ ।

 

भाइब्रेण्ट गोवा फाउण्डेशनले भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो एण्ड समिट २०१९ आयोजना गरेको छ । उक्त अवसरमा दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । यसमा भारतीय सरकार र गोवा सरकारको समेत सहभागिता रहेको जानकारी गराइएको छ । हालै हस्ताक्षर गरिएको समझदारी पत्रले दुई मुलुकबीच हुने अन्तरक्रिया, रोड शो, एक्स्पोमा सहभागिता लगायत पर्यटन प्रबद्र्धनमा जोड दिइएको छ ।

 

चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले पहाडी मुलुक नेपाल र समुन्द्री सतहसँग जोडिएको गोवाबीच “फ्रम ग्रीन टु ब्लु” पर्यटन प्रवद्र्धन र कनेक्टिभिटीमा जोड दिएका छन् । साथै नेपाल भ्रमण वर्ष २०२० मा गोवाबाट पर्याप्त पर्यटन भित्राउन सकिने संभावनामा समेत उनले जोड दिएको चेम्बर अफ कमर्सले जानकारी गरायो ।

 

त्यस्तै, भाइब्रेन्ट गोवा फाउण्डेशनका सभापति राजकुमार कामतले यो समझदारीपत्रको कार्यान्वयनले अहिले चेम्बरको सहभागिता उल्लेख्य रहेकोले आगामी वर्षहरुमा यसमा अझ बढोत्तरी हुने र आगामी वर्ष नेपालमा हुने एक्स्पो र पर्यटन वर्षमा आफ्नो संस्थाको तर्फबाट सहभागिता र प्रबद्र्धनको लागि महत्वपूर्ण कार्य गरिने विश्वास व्यक्त गरेका छन् ।

 

समझदारीपत्रमा दुई देशका चेम्बर बीच व्यापरीक सूचना, आदान प्रदान, मेला प्रदर्शनीमा दुवै मुलुकमा सहभागिता, पर्यटन प्रबद्र्धन, व्यापारिक–औद्योगिक प्रतिनिधि मण्डलको आदान प्रदान गरिने विषय समेत उल्लेख गरिएको छ ।

 

३८ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलमा चेम्बर सदस्य, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारीहरु, उद्यमी, व्यवशायीहरु, प्रदेश ५ का संसद सदस्य माननीय भोज प्रसाद श्रेष्ठ, ५ नम्बर प्रदेशका विभिन्न नगरपालिकाका उपमेयरहरुको समेत सहभागिता रहेको थियो ।

खाद्यान्नमा आत्मनिर्भर बनाउने सरकारको महत्वकांक्षी योजना, कृषियन्त्र खरिदमा ७५% सम्म अनुदान Read Previous

खाद्यान्नमा आत्मनिर्भर बनाउने सरकारको महत्वकांक्षी योजना, कृषियन्त्र खरिदमा ७५% सम्म अनुदान

टेलिकमको अटम अफर: १० रुपैयाँमा १०० मिनेट भ्वाइस कल Read Next

टेलिकमको अटम अफर: १० रुपैयाँमा १०० मिनेट भ्वाइस कल