काठमाडौं । बैंक अफ काठमाण्डूले १७ प्रतिशत लाभांश पारित गरेको छ । बिहीबार सम्पन्न बैंकको २५औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।
साधारण सभाले २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट २०७६ असारसम्ममा कायम गरेको सेयर पूँजीको ६ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
बैंकले हाल ८७ शाखा, ७८ एटिएम तथा ९ वटा एक्सटेन्सन काउण्टर सन्जालमार्फत आफ्ना ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।