बैंक अफ काठमाण्डूको साधरणसभा सम्पन्न, १७% लाभांश पारित

काठमाडौं । बैंक अफ काठमाण्डूले १७ प्रतिशत लाभांश पारित गरेको छ । बिहीबार सम्पन्न बैंकको २५औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।

 

साधारण सभाले २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट २०७६ असारसम्ममा कायम गरेको सेयर पूँजीको ६ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

 

बैंकले हाल ८७ शाखा, ७८ एटिएम तथा ९ वटा एक्सटेन्सन काउण्टर सन्जालमार्फत आफ्ना ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

‘दशैंमा आइएमईमा डबलको डबलको डबल अफर’को विजेता घोषणा Read Previous

‘दशैंमा आइएमईमा डबलको डबलको डबल अफर’को विजेता घोषणा

खाद्यान्नमा आत्मनिर्भर बनाउने सरकारको महत्वकांक्षी योजना, कृषियन्त्र खरिदमा ७५% सम्म अनुदान Read Next

खाद्यान्नमा आत्मनिर्भर बनाउने सरकारको महत्वकांक्षी योजना, कृषियन्त्र खरिदमा ७५% सम्म अनुदान