‘दशैंमा आइएमईमा डबलको डबलको डबल अफर’को विजेता घोषणा

काठमाडौं । सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी ‘दशैंमा आइएमईमा डबलको डबलको डबल अफर’ अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् । ‘लक्की ड्र’ मार्फत सेवाग्राहीद्वय तामाङ्ग र नगरकोटी विजेता घोषित भएका हुन् ।

 

सेवाग्राहीद्वयले क्रमसः मलेसिया र जापानबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । आइएमईको दशैँ अफर अन्तर्गत सेवाग्राही दुवैले आफूले पठाएको रकमको चार गुणाबढी रकम प्राप्त गरेका छन् ।

 

त्यस्तै आइएमईका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संजाल मार्फत अफर अवधिमा नेपालमा पैसा पठाउने आइएमई सेवाग्राहीहरू कृष्ण मुखिया, महेश आले मगर, विजय नेपाली, लक्ष्मी गुरुङ, राम बहादुर काफ्ले, भुवन अधिकारी, जीत बहादुर सार्की, चुणामणी काफ्ले, कृष्ण थापा, आइतराम गुरुङ, डबल प्रसाद चापागाईं र राजेश शाह सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत विभिन्न हप्ताका साप्ताहिक विजेता घोषित भएका छन् । विजेता सवैले आफूले पठाएको रकमको दुई गुणाबढी रकम प्राप्त गरेका छन् ।

 

आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म कायम रहनेछ ।

 

अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक  जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।

 

आइएमईले नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १० हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

वाणिज्य बैंकले २८ वर्ष ननाघेका युवालाई निःशुल्क प्रशिक्षण दिने Read Previous

वाणिज्य बैंकले २८ वर्ष ननाघेका युवालाई निःशुल्क प्रशिक्षण दिने

बैंक अफ काठमाण्डूको साधरणसभा सम्पन्न, १७% लाभांश पारित Read Next

बैंक अफ काठमाण्डूको साधरणसभा सम्पन्न, १७% लाभांश पारित