काठमाडौं । सानिमा बैंकले गत वर्षको नाफाबाट घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । बैंकले पुस ७ गते वार्षिक साधारण सभा बोलाएको हो ।
बैंकले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी १०.९८ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १९ गते बुकक्लोज तोकेको छ । सो अनुसार मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।