रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने समय लम्बियो, नाइटक्लब बिहान ४ बजेसम्म खोल्न पाइने

काठमाडौं । काठमाडौंमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने समय लम्ब्याइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले समय तोकेको छ ।

जस अनुसार दोहोरी साँझ राति १२ बजेसम्म र रात्रि क्लबहरु ४ बजेसम्म खोल्न पाइने भएको छ।रक्सी पसलहरु (बोतलबन्दी विक्री हुने मात्र) राति १० बजेसम्म खोल्न पाउनेछन् ।

त्यस्तै रेष्टुरेन्टहरु राति १२ बजेसम्म, डान्स, दोहोरी रेष्टुरेन्ट, लाउन्ज र बारहरु राति २ बजेसम्म सञ्चालन हुन पाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

यस्ता व्यवसायलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित गर्न समय तोकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

तंग्रिँदै पर्यटन क्षेत्र, ११ महिनामा भित्रिए साढे ५ पाँच लाख पर्यटक Read Previous

तंग्रिँदै पर्यटन क्षेत्र, ११ महिनामा भित्रिए साढे ५ पाँच लाख पर्यटक

सानिमा बैंकले तोक्यो बुकक्लोज, कहिलेसम्म सेयर किन्नेले पाउँछन् लाभांश ? Read Next

सानिमा बैंकले तोक्यो बुकक्लोज, कहिलेसम्म सेयर किन्नेले पाउँछन् लाभांश ?