काठमाडौं । पछिल्लो ११ महिनामा ५ लाख ४९ हजार ६५६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म ५ लाख ४९ हजार ६६५ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
बोर्डका अनुसार नोभेम्बर महिनामा ७२ हजार ६५३ पर्यटक नेपाल आएका छन् । अघिल्लो अक्टोबरमा ८८ हजार ५८२ पर्यटक नेपाल भित्रिएका थिए । अप्रिलमा ६१ हजार ५८९ र सेप्टेम्बरमा ५८ हजार ३१४ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
त्यस्तै अगष्टमा ४१ हजार ३०४, जुलाइमा ४४ हजार ४६२ र जुनमा ४६ हजार ९७५, मेमा ५३ हजार ६०८, मार्चमा ४२ हजार ६, फेब्रुअरीमा १९ हजार ७६६ र जनवरीमा १६ हजार ९७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । नोभेम्बरमा पनि भारतबाट २० हजार ८३२ पर्यटक आएका छन् ।
कुन देशबाट कति पर्यटक आए ?
सन् २०२२ को नोभेम्बरमा पनि भारतबाट २० हजार ८३२ पर्यटक आएका छन् । अमेरिकाबाट ७ हजार ८३१, बेलायतबाट ५ हजार १६५ र अष्ट्रेलियाबाट ३ हजार ३७५ पर्यटक नेपाल भित्रिएका छन् ।यस्तै बङ्गलादेशबाट २ हजार २१८, थाइल्यलाण्डबाट २ हजार ४४१ पर्यटक आएका छन् ।
पछिल्लो समय चिनियाँ पर्यटकको आगमन न्यून रहेको छ । हवाई भाडा महँगो भएको कारण सोचे जस्तो पर्यटक आउन नसकेको नेपाल पर्यटन बोर्डका नियमन तथा योजना प्रमुख मणिराज लामिछानेले बताए ।
उनले बोर्डले पर्यटन गन्तव्यका निम्ति अध्ययन समेत गरिरहेको बताए । विदेशी पर्यटक आवगमनमा बढावा गर्ने सरकारको उद्देश्य रहेको छ ।