फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा दोब्बर बढ्यो

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको मंसिर १५ गते बसेको बैठकले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

माइक्रोफाइनान्सले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा झन्डै दोब्बर बढी हो । सो आवमा लघुवित्तले १०.५३ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

सानिमा बैंकले तोक्यो बुकक्लोज, कहिलेसम्म सेयर किन्नेले पाउँछन् लाभांश ? Read Previous

सानिमा बैंकले तोक्यो बुकक्लोज, कहिलेसम्म सेयर किन्नेले पाउँछन् लाभांश ?

पोखरा-तराईको दूरी २३ किमी छोट्याउने पुल निर्माण सुस्त, ८ वर्षमा ४०% मात्र काम पूरा Read Next

पोखरा-तराईको दूरी २३ किमी छोट्याउने पुल निर्माण सुस्त, ८ वर्षमा ४०% मात्र काम पूरा