काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नियामकको अपरिपक्कताले अर्थतन्त्रमा संकट आएको बताएका छन् ।
मंगलबार मौद्रिक नीतिको त्रैमासिक समीक्षा र मुलुकको आर्थिक क्षेत्रका विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन ।
‘अर्थतन्त्र अहिलेको अवस्थामा आइपुग्नुको पहिलो कारण बाह्य चाप हो भने दोस्रो नियामकिय अपरिपक्कता हो,’ उनले भने, ‘अहिले अर्थतन्त्रमा बहु आयामिक असर रहेको महासंघको ठहर छ । मौद्रिक नीतिको समीक्षाबाट पनि यसको सम्बोधन भएन् ।’
६ वर्ष यताकै मूल्यवृद्धिले उपभोग्य वस्तुको माग संकुचन हुँदा राजस्व र समग्र उत्पादनमा असर परेको उनले बताए । यो उद्योगि व्यवसायी मात्रै नभएर सरकार, निजी क्षेत्र र समग्र रूपमा अर्थतन्त्रको रूमारहेको छ ।
‘कोभिड १९ ले अर्थतन्त्र संकूचनमा रहेपनि बैंकहरूको तरलता बढेको थियो, यो बेलामा पनि अर्थतन्त्र चलायमान बनाउन सल्लाह दियौं, पुनर्करजा, पुनरतालिकीकरणले केही राहात भएको थियो । तर, अहिले अवस्था त्यस्तो छैन,’ उनले भने ।
बैंकहरूले कोभिडपछि त्यसपछि धान्न नसकिने गरि प्रवाह गरेको तरलताले वैदेशिक संचिति र भुक्तानी सन्तुलनमा असर परेको उनले बताए ।
उपभोग, उत्पादन, सेवा लगायत समग्र क्षेत्रमा समस्या देखिएको गोल्छाको भनाइ छ ।