काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको त्रैमासिक समीक्षाले अर्थतन्त्रका समस्या समाधान गर्न नसकेको बताएको छ । मौद्रिक नीति समीक्षाका बारेमा आफ्नो धारण राख्दै महासंघले यस्तो बताएको हो ।
अहिले अर्थतन्त्रमा बहुआयमिक असर परेको भए पनि मौद्रिक नीति समीक्षाले त्यसलाई समेट्न नसकेको महासंघले बताएको छ ।
तरलता अभाव, ब्याजदर वृद्धि, मूल्य वृद्धि लगायत कारणले अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको भए पनि राष्ट्र बैंकले त्यसलाई सम्बोधन गर्न नसकेको महासंघको ठहर छ ।
कोभिडपछि अर्थतन्त्रमा तीव्र सुधारका लक्षण देखिए पनि अर्थतन्त्रको विद्यमान संरचनाले थेग्न नसकेको महासंघको भनाइ छ ।कोभिडपछि कर्जाको माग बढ्नु स्वभाविक रहे पनि त्यसलाई एकैपटक नियन्त्रण गर्न खोज्दा समस्या निम्तिएको महासंघले बताएको छ ।
गत वर्ष पहिलो त्रैमाससमै बैंकहरुले ४ खर्ब ५० अर्ब कर्जा लगानी गरेका थिए भनेचालु आवको सोही अवधिमा करिब ६० अर्ब मात्र प्रवाह गरेका छन् । गत वर्ष अस्वभाविक रुपमा भएको कर्जा विस्तारलाई समयमै रोक्न नसक्दा अहिले समस्या निम्तिएको महासंघको ठहर छ ।