काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप एक बीमा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा मंगलबार सानिमा लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको ४.४२ प्रतिशत बोनस बापतको ८ लाख ४० हजार कित्ता सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।